कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

नेपालभ्युज

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

कर्णाली । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा केशर ढकाल नियुक्त गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका रूपमा कार्यरत ढकाललाई निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनी एघारौँ तहमा कार्यरत छन् ।

सामाजिक विकास मन्त्रालयले भने निर्देशकका लागि उक्त अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्ट प्रमुख गणेश थापा र ढकालको नाम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरेको थियो । निर्देशकमा नियुक्त डा ढकाल हाल नेपाल चिकित्सक सङ्घ कर्णाली प्रदेश संयोजक हुन् ।

बैठकले प्रदेशसचिव पुष्पराज शाहीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, इन्द्रदेव भट्टलाई जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय, ईश्वरचन्द्र मरट्ठालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको कामकाजमा खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

उनका अनुसार शनिबारको बैठकबाट सहिद स्मृति भत्ता वितरण कार्यविधि २०८१, विपद् सहासिक पुरस्कार वितरण कार्यविधि २०८१, घाइते, अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाहभत्ता वितरण कार्यविधि, २०८१ र कर्णाली प्रदेश विज्ञापन वितरणसम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गरिएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved