उपत्यकासँगै देशभर बिस्तारै चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

नेपालभ्युज

उपत्यकासँगै देशभर बिस्तारै चिसो बढ्दै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासँगै मुलुकभर चिसो बढ्न थालेको छ । सतर्कता अपनाउन चिकित्सकहरूले सबैलाई आग्रह गरेको छन् ।

जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको हो । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन भनिएको छ । अहिलेको चिसो धेरै नभए पनि महिना दिनपछि बढ्दै जाने अनुमान छ ।

चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको र छातीलाई चिसोबाट जोगाउन र रातको समयमा सिरक कम्बल जस्ता न्यानो कपडा ओढ्न आग्रह गरिएका छ ।

जाडो बढेसँगै तराईका कतिपय जिल्लामा हुस्सुसमेत लाग्न थालेको छ । यस्तै घरबाहिर खुला स्थानमा धेरै समय नबस्न, तातो खानेकुरा तातोपानी पिउन समेत आग्रह गरिएको छ ।

हिटर वा आगो ताप्दा गिजर प्रयोग गर्दा कोठामा राम्रोसँग हावा आवतजावतको व्यवस्था गर्नुपर्ने छ ।

चिसोले गर्दा मुटु रोग, हृदयघात, फोक्सोमा समस्या श्वासप्रश्वास, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, रुघाखोकी, ज्वरो जस्ता रोगका समस्या देखिन सक्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved