काठमाडौं । भारतको तेलंगाना सरकारले गायक दिलजीत दोसाँझको कन्सर्ट ‘दिल–लुमिनाटी’का आयोजकलाई नोटिस जारी गरेको छ ।
शुक्रबार हैदरावादमा दिलजीत दोसाँझको कन्सर्ट हुँदैछ । समाचार एजेन्सी एएनआईले सूचनाको प्रतिलिपि साझा गरेको छ ।
तेलंगाना सरकारले जारी गरेको नोटिसमा दिलजीतलाई आफ्नो कन्सर्टमा रक्सी, ड्रग्स वा हिंसालाई बढावा दिने कुनै पनि गीतबाट बच्न भनिएको छ ।
लाइभ शोमा आयोजक र गायकले बालबालिकालाई स्टेजमा बोलाउन नहुने पनि सूचनामा उल्लेख छ ।
तेलंगाना सरकारले भनेको छ, “विश्व स्वास्थ्य संगठनका अनुसार वयस्कहरूले १४० डीबी प्रेसरको आवाजबाट टाढा रहनुपर्छ । बच्चाहरूको लागि यो १२० डीबी हो । यस कारण, कन्सर्टको समयमा बच्चाहरूलाई स्टेजबाट टाढा राख्नुपर्छ ।”
नोटिसका अनुसार दोसाँझले २६ र २७ अक्टोबरमा आफ्नो दिल्ली कन्सर्टमा मदिरा, ड्रग्स र हिंसालाई बढावा दिने गीत गाएका थिए । दिलजीतको कन्सर्टमा १३ वर्षभन्दा माथिका बालबालिकालाई प्रवेश अनुमति दिइएको थियो ।
कन्सर्टका क्रममा चर्को आवाज र बत्तिको पनि प्रयोग गरिने सूचनामा उल्लेख छ । चर्को आवाज र प्रकाश दुवै बालबालिकाका लागि खतरनाक हुन्छ ।
Facebook Comment
Comment