माधव नेपालको गुनासो– अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिस्ट आन्दोलनमा विचलन आयो

नेता नेपालले मुलुकको आर्थिक विकास तथा सामाजिक रुपान्तरणका लागि मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै देशको मौलिक सभ्यता र संस्कृति सम्पन्न बनाउन नेपाल संवत्को महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

नेपालभ्युज

माधव नेपालको गुनासो– अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिस्ट आन्दोलनमा विचलन आयो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न कारणले विभाजित कम्युनिस्ट पार्टी एकीकृत भई जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गर्न केन्द्रित हुनुपर्ने बताएका छन् ।

पार्टी निकट नेवाः राष्ट्रिय सङ्घ (समाजवादी) ले नेपाल संवत् ११४५ का अवसरमा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेता नेपालले पछिल्लो समय कम्युनिस्ट पार्टीमा अवसरवादी प्रवृत्ति बढ्दै गएकाले कम्युनिस्ट आन्दोलनमा विचलन आएको गुनासो गरे । उनले वर्गीय हितका क्षेत्रमा क्रियाशील हुनुपर्ने कम्युनिस्ट शक्ति सत्ता केन्द्रित राजनीतिमा लाग्न नहुने धारणा राखे ।

अहिले पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएकोमा चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले कम्युनिस्ट सिद्धान्त तथा आदर्शप्रति निष्ठावान सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले जनताको आर्थिक तथा सामाजिक समस्या समाधान गरी देशमा विकास गर्न विभिन्न कारणले विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्ने उल्लेख गरे । नेपाली विशेषता बोकेको समाजवादलाई कार्यान्वयन गर्न राष्ट्रिय पुँजीको सञ्चय गरी मुलुकमा औद्योगीकरणको वातावारण बनाउँदै रोजगारी र उत्पादन वृद्धिमा सबैले सहकार्य गर्नुपर्ने उनले बताए ।

नेता नेपालले मुलुकको आर्थिक विकास तथा सामाजिक रुपान्तरणका लागि मौलिक कला संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै देशको मौलिक सभ्यता र संस्कृति सम्पन्न बनाउन नेपाल संवत्को महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त समाजले समग्र नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउने उनको भनाइ छ । उनले हरेक समुदायले आफ्नो मौलिक, धर्म, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने धारणा राखे । सो अवसरमा अध्यक्ष नेपालले नेवाः राष्ट्रिय सङ्घ (समाजवादी)द्वारा प्रकाशित विभिन्न प्रकाशनको विमोचन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved