यमाल बने २१ वर्षमुनिका सबैभन्दा मूल्यवान फुटबलर, को–को छन् शीर्ष ५ मा ?

नेपालभ्युज

यमाल बने २१ वर्षमुनिका सबैभन्दा मूल्यवान फुटबलर, को–को छन् शीर्ष ५ मा ?

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका विंगर लामिन यमाल २१ वर्षमुनिका सबैभन्दा मूल्यवान फुटबलर बनेका छन् ।

१७ वर्षीय स्पेनिस खेलाडी यमालको बजार मूल्य १८१ मिलियन युरो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

मूल्यवान खेलाडीको दोस्रो स्थानमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका विंगर अलेजान्ड्रो गर्नाचो छन् । अर्जेन्टिनाका यी खेलाडीको मूल्य ११५ मिलियन युरो रहेको छ ।

यस्तै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर वारेन जइरे–इमेरी सूचीको तेस्रो स्थानमा छन् । फ्रान्सका यी खेलाडीको बजार मूल्य १०९ मिलियन युरो रहेको छ ।

सूचीको चौथो नम्बरमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर साभिन्हो छन् । यी ब्राजिलियन खेलाडीको मूल्य १०१ मिलियन युरो रहेको छ ।

यसैगरी पीएसजीका जाओ नेभेस सूचीको पाँचौ स्थानमा छन् । पोर्चुगलका यी डिफेन्सिभ मिडफिल्डरको मूल्य १०० मिलियन युरो रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved