काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलको बहुप्रतीक्षित लन्डन डर्बी बराबरीमा सकिएको छ । आइतबार राति चेल्सी र आर्सनलले १–१ गोलको बराबरी खेलेका हुन् ।
खेलमा आर्सनलले घरेलु टोली चेल्सीमाथि अग्रता लिएको थियो । खेलको ६० औँ मिनेटमा गाब्रियल मार्टीनेलीले गोल गर्दै अग्रता दिलाएका हुन् ।
तर त्यसको १० मिनेटपछि नै चेल्सी खेलमा फर्कियो । पेड्रो नेटोले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् । दुवैतर्फबाट थप गोल नभएपछि खेल बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । समान ११ खेल खेलेका दुवै टोलीको समान १९ अंक छ ।
तर गोलअन्तरका आधारमा चेल्सी लिगको तेस्रो स्थानमा छ । आर्सनल भने चौथो स्थानमा रहेको छ ।
लिगको पहिलो र दोस्रो स्थानमा क्रमशः लिभरपुल र म्यानचेस्टर सिटी छन् । लिभरपुलको २८ र सिटीको २३ अंक छ ।
Facebook Comment
Comment