काठमाडौं । कालिकोटमा यात्रुवाहक जीप दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बलेरो जीप पलाँता गाउँपालिका वडा नम्बर ३ राडुनेटा भन्ने स्थानमा आइतबार दिउँसो साढे २ बजेतिर दुर्घटना भएको हो ।
कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले यसअघि स्थानीयलाई उद्धृत गर्दै दुर्घटनामा ८ जनाको मृत्यु भएको बताएका थिए ।
‘स्थानीयले ८ देखि ९ जनाको मृत्यु भएको बताएका छन्, अझै स्पष्ट हुन सकेको छैन ।’ उनले नेपालभ्युजलाई भनेका थिए । तर, पछि ६ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
उक्त जीप ग्रामीणस्तरमा चल्ने गरेको थियो ।
नोट: कालिकोटका प्रमुख जिल्ला अधिकारीले दिएको जानकारी अनुसार नै पहिले दुर्घटनामा ८ जनाको मृत्यु भएको समाचार हालेका थियौं । तर, अहिले प्रहरीले ६ जनाको मृत्यु मात्रै पुष्टि गरेकाले सच्चाएका छौं -सम्पादक
Facebook Comment
Comment