काठमाडौं । हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध हुने भएको छ । नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उपलब्ध गराउने भएको हो ।
१०० किलोवाट क्षमताको आयोनिक ५ इभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल आएको थियो ।
आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले तीन सय ७५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । आयोनिक ५ ले २०२२ को विश्व कार अफ दी इयर, विश्व इलेक्ट्रिक कार अफ दी इयर र विश्व कार डिजाइन अफ दी इयरजस्ता सम्मान प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ । यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडेलमा उपलब्ध छ, जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड र पिक्सेल टेललाइटले लोभ्याउने कम्पनीको भनाइ छ ।
आयोनिक ५ इभीको मोटर पावर फरक भए पनि सो इभीले दिने रेन्ज र अन्य स्पेक भने एक सय २५ किलोवाटको जस्तै हुने कम्पनीले जनाएको छ ।
Facebook Comment
Comment