कोरोनाका कारण पर्यटक घट्दै

कोरोनाका कारण पर्यटक घट्दै
फाइल तश्वीर

काठमाडौं। समुन्द्री सतहदेखि दुई हजार १०० सय मिटर उचाईमा रहेको घलेगाउँमा कोरोना संक्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ। घरवास (होमस्टे) सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा तेस्रो लहरको कोरोना शुरुआत हुनुअघिसम्म चहलपहल भइरेपनि यतिबेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेको छ।

कोरोनाको दोस्रो लहर सकिएसँगै पर्यटकको चलपहल हुँदै आएको घलेगाउँमा दशदिन अघिदेखि शुरु भएको कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्न थालेसँगै पर्यटक घट्न थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ।

समितिका अनुसार यसअघि दैनिक २०० देखि ३०० जनाको हाराहारीमा पर्यटक आउने गरेकामा यतिबेला भने हप्ताको ४०/५० जना मात्र मुश्किलले आउने गरेका छन्। कोरोना संक्रमणका कारण पर्यटकको आगमन ठप्प हुन लागेपछि यहाँका घरवास संचालकहरु चिन्तित भएका छन्।

घलेगाउँका घरवास सञ्चालक दिर्घराज घलेकाअनुसार पुस र माघ पर्यटक नआउने याम भए पनि दैनिक २०० भन्दा बढी पर्यटक आउने गरेका थिए।

कोरोना संक्रमणको जोखिम बढ्न थालेकाले जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला हुने कुनै कार्यक्रम नगर्न उर्दी जारी गरेकाले पर्यटक हत्तै घटेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved