सुर्खेतमा पिकनिक गएको गाडी दुर्घटना, २६ जना घाइते

नेपालभ्युज

सुर्खेतमा पिकनिक गएको गाडी दुर्घटना, २६ जना घाइते

काठमाडौं ।  सुर्खेतमा पिकनिक  गएको गाडी दुर्घटनामा परेको छ । बुधबार रामघाटबाट पिकनिकका लागि  वीरेन्द्रनगरको कटकुवा गएर फर्किँदै गरेको गाडी दुर्घटनामा परेको सुर्खेत प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी कपासे नजिकै रहेको नेपाली सेनाको गेट अगाडिको मोडबाट खानेपानी ट्यांकीतर्फ खसेको हो  । गाडीमा २६ जना सवार रहेको र ती सबै घाइते भएको बताइएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर, केही मध्यम र केही सामान्य घाइते रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।

सबैलाई उपचारका लागि प्रदेश अस्पतालमा पठाइएको  उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved