सुदूरपश्चिमले दियो कोशीलाई १८४ रनको लक्ष्य

नेपालभ्युज

सुदूरपश्चिमले दियो कोशीलाई १८४ रनको लक्ष्य

काठमाडौं । यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कोशीलाई १८४ रनको लक्ष्य दिएको छ ।

मेरीलेबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम ४७.४ ओभरमा १८३ रनमा अलआउट भएको हो । सुदूरपश्चिमका लागि युवराज खत्रीले ४४ र अभिषेक थापाले ३७ रन बनाए ।

कोशीका लागि सौजन घिमिरेले ४, बिपिन महत्तोले २ तथा आशिष मगर, प्रेम कामत र कृतिक कामतले १–१ विकेट लिए ।

टस जितेर सुदूरपश्चिमले पहिले ब्याटिङ रोजेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved