काठमाडौं — भाइटीकाको पवित्र अवसरमा काठमाडौंको रानीपोखरीको मध्यभागमा रहेको ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा विशेष चहलपहल छ। दिदीबहिनी वा दाजुभाइ नभएका श्रद्धालुहरूका लागि आजको दिन एक विशेष अवसर बन्न गएको छ।
यसै अवसरलाई ध्यानमा राख्दै भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिर आज बिहानैदेखि भक्तजनहरूको भीडले भरिएको छ।
रानीपोखरीको यो मन्दिर भक्तजनका लागि वर्षमा एक पटक भाइटीकाको दिन मात्रै खुला गरिन्छ। भक्तजनहरू मन्दिरमा पुगेर बालगोपालेश्वरको पूजा गर्दै टीका लगाएर भाइटीकाको परम्परा निभाउने गर्छन्।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको यस मन्दिर २०७७ मा पुनःनिर्माणपछि भक्तजनका लागि खुला गरिएको हो।
त्यस्तै, जयवागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नभएकाहरूको पूजा र टीका लगाउने परम्परा रहेको छ। आज, ती श्रद्धालुहरूका लागि यी मन्दिरहरू एक विशेष आस्थाको केन्द्र बनेका छन्।
Facebook Comment
Comment