हङकङ सिक्सेजको प्लेट सेमिफाइनलमा नेपाल यूएईसँग पराजित

आईतबार भएको प्लेट सेमिफाइनल खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो ।

नेपालभ्युज

हङकङ सिक्सेजको प्लेट सेमिफाइनलमा नेपाल यूएईसँग पराजित

काठमाडौं । हङकङ सिक्सेजको प्लेट सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ ।

मोङ कोकमा आईतबार भएको प्लेट सेमिफाइनल खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो । क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भई बाहिरिएको नेपालले प्लेट फाइनलमा पुग्न यूएईसँग प्रतिस्पर्धा गरेको थियो ।

अब यूएईले दक्षिण अफ्रिकासँग प्लेट फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

९५ रनको लक्ष्य यूएईले ५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । यूएईका लागि आसिफ खानले ५५ र अन्स टन्डनले अविजित २३ रन बनाए ।

नेपालका लागि भने राशिद खानले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले नेपालले पूरै ओभर खलेर ३ विकेटको क्षतिमा ९४ रन बनायो । नेपालका लागि विवेक यादवले १६ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ४९ रन बनाए ।

लोकेश बम १९ र कप्तान सन्दीप जोरा ७ रनमा आउट बनाउँदा राशिद खानले खाता खोल्न सकेनन्। प्रतिश जिसी १४ रनमा अविजित रहे।

युएईका अकिफ राजाले सर्वाधिक दुई विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved