काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहभागी नहुने भएको छ। स्थानीय तहको निर्वाचन मिति घोषणाका विषयमा देखिएको अन्योलबारे छलफल गर्न प्रधानमन्त्रीले भोली बिहान ९ः३० बजेका बालुवाटारमा बैठक डाकेका छन्।
तर, यसअघि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको एमालेले यसपटक पनि बैठकमा सहभागी हुन नसक्ने जनाएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको उपस्थितीका कारण एमाले बैठकमा सहभागी नहुने भएको हो।
‘‘माधव नेपाल सहभागी हुने कार्यक्रममा हामी सहभागी हुँदैनौं। उहाँहरूलाई सभामुखले कारबाही गर्नुपर्छ भन्ने हाम्रो बटनलाईन कायम छ। उहाँहरूलाई हामीले निस्काशन गरेका हौं,’’ एमाले महासचिव शंकर पोखरेलले नेपाल भ्युजसँग भने।
माधव नेपालसहितका १४ जना सांसद्को पद खारेज हुनुपर्ने मागसहित एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ।
Facebook Comment
Comment