काठमाडौं । दीपावलीको अवसरमा बिहीबार भारत र चीनका सेनाले एकअर्कालाई मिठाइ बाँडेका छन् ।
पूर्वी लद्दाखको हट स्प्रिंग्स, काराकोरम पास, दौलत बेग ओल्डी, कोंगकला र चुशुल-मोल्डोको साथ लाइन अफ कन्ट्रोल (एलओसी) मा दुबै देशका अधिकारीहरूले एकअर्कालाई मिठाइ खुवाए र दीपावलीको शुभकामना दिएका हुन् ।
यसअघि देप्साङ र डेम्चोकका दुवै सीमामा रहेका सेना फिर्ता गर्ने प्रक्रिया अक्टोबर ३० मा सकिएको थियो ।
ग्राउण्ड कमाण्डरका अधिकारीहरुबीच गस्तीका विषयमा छिट्टै वार्ता हुनेछ । अरुणाचलको तवाङमा रक्षामन्त्री राजनाथ सिंहले भने, ”हाम्रो प्रयास यस विषयलाई विच्छेदका माध्यमबाट अगाडि बढाउने छ तर, यसका लागि हामीले केही समय पर्खनुपर्नेछ ।”
एलएसीमा गस्तीसम्बन्धी भारत र चीन बीचको सम्झौतामा, विदेश मन्त्री एस जयशंकरले अक्टोबर २७ मा भनेका थिए कि सेना फिर्ता गर्नु पहिलो चरण हो । अर्को चरण तनाव कम गर्नु हो ।
यो तनाव तब मात्र कम हुन्छ, जब भारतले चीन पनि त्यही चाहन्छ भन्ने विश्वस्त हुन्छ । तनाव कम भएपछि सीमा व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल हुनेछ ।
Facebook Comment
Comment