टिकटकका सहसंस्थापक बने चीनको सबैभन्दा धनी व्यक्ति

नेपालभ्युज

टिकटकका सहसंस्थापक बने चीनको सबैभन्दा धनी व्यक्ति

काठमाडौं । सामाजिक सञ्जाल टिकटकका सहसंस्थापक चीनकै धनाढ्य व्यक्ति बनेका छन् । टिकटकको नाफा बढेसँगै ४१ वर्षीय झाङ यिमिङ चीनकै धनी व्यक्ति बनेका हुन् ।

अनुसन्धान, मिडिया र लगानी समूह हुरुन इंककाअनुसार उनको कुल सम्पत्ति ४९.३ अर्ब अमेरिकी डलर छ ।

बाइटडान्सको विश्व आय गत वर्ष ३० प्रतिशतले बढेको थियो । योसँगै कम्पनीले १ खर्ब १० अर्ब अमेरिकी डलर आम्दानी गरेको हुरुन इंकले जनाएको छ ।

सन् २०१७ मेमा आधिकारिक रुपमा टिकटक लन्च भएको थियो । त्यसयता विश्वमा यसको लोकप्रियता र विवाद बढ्दो क्रममा छ ।

बाइटडान्समा झाङको २० प्रतिशत स्वामित्व छ । यसका अर्का सहसंस्थापक लियाङ रुबो रहेका छन् । उनीहरुले सन् २०१२ मा बेइजिङमा बाइटडान्सको सहसंस्थापना गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved