दशरथ रङ्गशालामा लैजान निषेधित वस्तुको सूची : चुरोटदेखि लिपस्टिकसम्म

नेपालले बंगलादेशविरुद्ध खेल्ने महत्त्वपूर्ण खेलमा सुरक्षा कारणले भन्दै एन्फाले सूचना जारी गर्दै निम्न वस्तुहरू रङ्गशालामा लैजान रोक लगाइएको हो ।

नेपालभ्युज

दशरथ रङ्गशालामा लैजान निषेधित वस्तुको सूची : चुरोटदेखि लिपस्टिकसम्म

काठमाडौं । आज साँझ दशरथ रङ्गशालामा हुने साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गतको उपाधि भिडन्तमा दर्शकहरूलाई केही वस्तुहरू रङ्गशालामा लैजान निषेध गरिएको छ ।

नेपालले बंगलादेशविरुद्ध खेल्ने महत्त्वपूर्ण खेलमा सुरक्षा कारणले भन्दै एन्फाले सूचना जारी गर्दै निम्न वस्तुहरू रङ्गशालामा लैजान रोक लगाइएको हो ।

रङ्गशालामा निषेधित वस्तुहरू

बन्दुक, छुरा वा कुनै धारिला हातहतियार
चुरोट, लाइटर, सलाई
मादक वा नशालु पदार्थ
ठूला झोला (सानो झोला सुरक्षा जाँचपछि मात्र अनुमति)
मोटरसाइकल हेल्मेट
बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर
पानी वा कुनै पनि पेय पदार्थका बोतल र क्यान
लेजर लाइट
छाता, लिपिस्टिक, नेलकटर, कैँची, काँचो

साँझ साढे ६ बजे दशरथ रङ्गशालामा नेपालले उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने छ । नेपाली कप्तान एन्जिला तुम्बापो सुब्बाले खेल जित्ने लक्ष्यसाथ खेल्न तयार रहेको बताएकी छन् ।

मुख्य प्रशिक्षक रञ्जित तामाङले विगतका कमजोरीलाई सुधार गरेर यसपटक जित्ने दाबी गरेका छन् ।

यसअघि सन् २०२२ मा भएको उपाधि भिडन्तमा बङ्गलादेशले नेपाललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । तर, यसपटक नेपाली टोली आत्मविश्वासी छ । उपाधि जित्ने लक्ष्य राखेर खेल्न चाहन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved