चीनको शेन्झाउ–१९ मिसन सफल, अन्तरिक्ष स्टेशन पुग्यो टोली

नेपालभ्युज

चीनको शेन्झाउ–१९ मिसन सफल, अन्तरिक्ष स्टेशन पुग्यो टोली

काठमाडौं । तीन अन्तरिक्ष यात्री बोकेको चीनको अन्तरिक्ष यान ६ घण्टाको यात्रापछि तियाङगोङ अन्तरिक्ष स्टेशन पुगेको छ । यो चीनको आफ्नै स्पेस स्टेशन हो।

यहाँ अन्तरिक्ष यात्रीहरूले आगामी छ महिनासम्म प्रयोग र अन्तरिक्ष पदयात्रा गर्नेछन्। यी अनुभव र यसबाट प्राप्त जानकारी सङ्कलन गरी सन् २०३० सम्ममा चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य छ ।

चीनले शेन्झाउ-१९ अन्तरिक्ष यानको प्रक्षेपण सफल भएको घोषणा गरेको छ। चीनको यी प्रयासलाई हेरेर अन्तरिक्ष दौडमा आफ्नो प्रतिद्वन्द्वी अमेरिकालाई उछिन्न चाहेको बताइएको छ ।

करिब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तरिक्ष उद्योगको विकास गरी चीनलाई अन्तरिक्ष शक्ति बनाउने सपना रहेको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved