साफ च्याम्पियनसिप : बिहानैदेखि टिकट लिनेको लस्कर (तस्वीरहरू)

नेपालभ्युज

साफ च्याम्पियनसिप : बिहानैदेखि टिकट लिनेको लस्कर (तस्वीरहरू)

काठमाडौं । नेपाल र बंगलादेशबीचको खेल हेर्नका लागि टिकट लिनेहरूको लाइन बिहानैदेखि छ ।

एन्फाले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ ।

एकजनाले अधिकतम् २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ ।

अनलाइन टिकट खरिद बन्द गरेपछि बिहानैदेखि टिकट बिक्री स्थलमा सर्वसाधारण लाइनमा बसेका छन् । यसअघि बुकिङ भइसकेका अनलाइन टिकटको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ ।

यसअघि एन्फाले प्रतियोगिताका लागि टिकट बिक्री जिम्मा एक कम्पनीलाई दिएको थियो । तर, आइतबार साँझ भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दशरथ रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फा आफैँले टिकट बेच्न लागेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved