साफ च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशको सामना गर्दै नेपाल

नेपालभ्युज

साफ च्याम्पियनसिप : उपाधिका लागि बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधिका लागि नेपालले बंगलादेशको सामना गर्दैछ ।

बुधबार (आज) साँझ साढे ६ बजे दशरथ रंगशालामा हुने खेलमा उपाधि चुम्नेगरी नेपाल मैदान उत्रिनेछ ।

कप्तान एन्जिला तुम्बापो सुब्बाले खेल जित्नेगरी मैदान उत्रिने बताएकी छन् । मुख्य प्रशिक्षक रञ्जित तामाङले पनि विगतका गल्तीहरूलाई नदोहोर्‍याउने गरी मैदान उत्रिएर खेल जित्ने विश्वास व्यक्त गरे ।

यसअघि सन् २०२२ मा पनि उपाधिका लागि नेपाल र बंगलादेशबीच नै खेल भएको थियो । जहाँ, बंगलादेशले ३ गोल हान्दा नेपाल १ मा सीमित हुनुपरेको थियो ।

तर, यसपटक भने मुख्य प्रशिक्षक, कप्तान र खेलाडीहरूले खेल जित्ने दाबी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved