काठमाडौं । अहिले देशभर पश्चिमी वायुको साथै पहाडी भूभागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार (आज) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
Facebook Comment
Comment