स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले पहिला बलिङ गर्ने

नेपालभ्युज

स्कटल्याण्डविरुद्ध टस जितेको नेपालले पहिला बलिङ गर्ने

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस जितेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै स्कटल्याण्डले अब पहिला ब्याटिङ गर्नेछ ।

आजको खेलमा नेपालको प्लेइङ सेटमा एकमात्र परिवर्तन गरेर स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर कुशल मल्ललाई खेलाइएको छ ।

लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

नेपालको प्लेइङ–११ कप्तान पौडेलसहित अनिल शाह, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसी छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved