गृह मन्त्रालय र रुबी खानबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित

नेपालभ्युज

गृह मन्त्रालय र रुबी खानबीच तीनबुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलनकारी रुबी खानको समूह र गृह मन्त्रालयबीच तीनबुँदे सहमति भएको छ ।

खान र मन्त्रालयका अधिकारीहरूबीच मङ्गलबार छलफलपछि तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमतिपत्रमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र खानले हस्ताक्षर गरेका छन् । यससँगै खानले आन्दोलन स्थगित गरेकी छन् ।

सहमतिमा राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, अधिकारकर्मी विजयबाबु शिवाकोटी, मोहम्मद शेर बागवान, वसन्त रन्जितकार र मनकुमारी गुरताल साक्षी बसेका छन् ।

सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरूपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ । निर्मला कुर्मी बेपत्ता प्रकरणमा अनुसन्धानको विषयलाई लिएर सरकारले खानसँग यसअघि चारपटक सहमति गरिसकेको छ । तर, अदालतसम्म मुद्दा नपुर्‍याएको भन्दै उनीहरू फेरि आन्दोलित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved