नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव, खेल अवरुद्ध (तस्वीरसहित)

नेपालभ्युज

नेपालको गोलले मान्यता नपाएपछि दशरथ रंगशालामा तनाव, खेल अवरुद्ध (तस्वीरसहित)

काठमाडौं । नेपाल र भारतबीच चलिरहेको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल अवरुद्ध भएको छ ।

खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको थियो । लगत्तै नेपालले गरेको गोललाई मान्यता नदिइएपछि खेल अवरुद्ध भएको हो ।

७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी थिइन । लगत्तै नेपाली खेलाडीले पनि भारतको पोस्टमा गोल गरे ।

तर, उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशालामा तनाव उत्पन्न भएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

भारतले गोल गरेपछि सेन्टरबाट बल चलाउन रेफ्रीले अनुमति दिएकी थिइन । त्यो बेला भारतीय खेलाडी गोलको खुसी मनाउन व्यस्त थिए ।

त्यसपछि खालि पोस्टमा नेपालले गोल गर्यो । तर, आफैँले बल चलाउन अनुमति दिएपछि गरेको गोललाई किन मान्यता नदिएको भन्दै नेपाली खेलाडी र अफिसियलले प्रश्न गरेका छन् ।

त्यसअघि दुईवटा पहेलो कार्ड पाएर रेखा पौडेल मैदान बाहिर निस्केपछि पनि रंगशालामा केहीबेर तनाव भएको थियो  ।

नेपाली खेलाडीले खेल बहिष्कार गरिरहेका छन् । रेफ्रीले भने खेल खेलाउन प्रयास गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved