भारतीय सेनाबारे पुरानो अभिव्यक्तिका कारण विवादमा पल्लवी

नेपालभ्युज

भारतीय सेनाबारे पुरानो अभिव्यक्तिका कारण विवादमा पल्लवी

काठमाडौं । भारतीय सेनाबारे पुरानो अभिव्यक्तिको कारण दक्षिण भारतीय सिनेमाकी चर्चित अभिनेत्री साई पल्लवी विवादमा फसेकी छन् ।

अहिले भाइरल भइरहेको भिडिओमा उनले भारतीय सेनालाई लिएर विवादास्पद बयान दिएको सुनिन्छ ।

भिडिओमा उनले भारतीय सेनालाई पाकिस्तानमा आतङ्कवादी समूहका रूपमा हेरिएको बताउँछिन् । उनले दुई देशबीचको सबैभन्दा ठूलो विवादमा ध्यानाकर्षण गराएकी छिन् ।

भिडियोमा उनले भनेका छिन्, ‘पाकिस्तानका मानिसहरूले हाम्रो सेनालाई आतङ्कवादी समूह ठान्छन् । हाम्रो लागि पनि उनीहरूको सेना यस्तै हो ।’

पल्लवीको यो भिडिओ सन् २०२२ मा दिएको एक अन्तर्वार्ताको अंश हो । उनको यो भिडिओप्रति धेरैले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved