कास्की प्रहरीले भन्यो – रविमाथि हिरासतमा दुर्व्यवहार भएको छैन

नेपालभ्युज

कास्की प्रहरीले भन्यो – रविमाथि हिरासतमा दुर्व्यवहार भएको छैन

काठमाडौं । कास्की प्रहरीले सहकारी अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि हिरासतमा दुर्व्यवहार भएको भन्ने आरोपको खण्डन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न आरोपको खण्डन गरेको हो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

रविलाई अदालतमा उपस्थित गराउने क्रममा प्रहरीले अपशब्द बोलेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको खबर भ्रामक र झुटो रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको, ‘…रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिति २०८१/०७/०८ गते म्याद थप गर्न सम्मानित कास्की जिल्ला अदालतमा उपस्थित गराउँदा नेपाल प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्नेजस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोकल्पित भ्रमपूर्ण विचारहरू टिकटकलगायत सामाजिक सञ्जालहरूमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved