आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

नेपालभ्युज

आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले साउदीलाई हरायो

काठमाडौं । आईएसएफ जिम्नासाइडको टेबलटेनिसअन्तर्गत महिला टिम इभेन्टमा नेपालले साउदी अरेबियालाई हराएको छ ।

बहराइनको मानामाको नेशनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’मा ९ देखि १३औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गरेको हो ।

जितसँगै नेपालले सोमबार ९ देखि ११औं स्थानका लागि युगान्डा वानसँग खेल्ने छ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औं स्थानका लागि खेल्ने अवसर पाउने छ । नतिजा अनुकुल नआएमा नेपाल ११औं स्थानमा रहनेछ ।

महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङ्ल्यान्ड, अजरबैजान, इटाली र चाइनिज ताइपेईंसंग प्रतिस्पर्धा गरेको थियो ।

नेपाल इङल्यान्डसँग ४–३, अजरबैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईंसँग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलिरहेका छन् ।

महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved