इरानको प्रतिक्रिया : इजरायलले सैन्य आधार शिविरमा आक्रमण गर्‍यो

नेपालभ्युज

इरानको प्रतिक्रिया : इजरायलले सैन्य आधार शिविरमा आक्रमण गर्‍यो

काठमाडौं । इरानले इजरायलले आफ्नो सैन्य आधार शिविरमा आक्रमण गरेको बताएको छ ।

इरानको वायुसेनाले राजधानी तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको सैन्य अखडामा आक्रमण गरिएको जनाएको छ ।

इरानको वायुसेनाले पनि इजरायली हमलाको प्रतिकार गरेको तर, केही स्थानमा भने क्षति पुगेको बताएको छ ।

इजरायली सेनाले इरानको मिसाइल निर्माण स्थललाई निशाना बनाएको बताएको छ । इजरायलले गुप्तचर सूचनाको आधारमा इरानमा हवाई हमला गरेको हो ।

इजरायली विमानहरूले इरानको क्षेप्यास्त्र निर्माण स्थलमा आक्रमण गरेको थियो । साथै, सतहबाट हावामा मार हान्ने मिसाइल र अन्य इरानी सैन्य उपकरणलाई पनि यी आक्रमणमा निशाना बनाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved