गाजाको उत्तरी क्षेत्रमा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ७० पुग्यो

नेपालभ्युज

गाजाको उत्तरी क्षेत्रमा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ७० पुग्यो

एजेन्सी । इजरायली सेनाले हमासविरुद्ध शुरु गरेको आक्रमणले गाजाको उत्तरी क्षेत्रलाई व्यापक रूपमा प्रभावित गरेको छ, जहाँ अहिलेसम्म सात सय ७० भन्दा बढी मानिसको ज्यान गइसकेको छ। गाजामा नागरिकहरूको ठूलो सङ्ख्या अझै पनि फसेको र भग्नावशेषमुनि पुरिएका मानिसहरूलाई उद्धार गर्न कठिन भइरहेको बीबीसीले जनाएको छ।

इजरायलले गाजाको उत्तरी भागमा व्यापक सैन्य कारबाही गरेर हमासलाई दबाबमा राख्ने प्रयास गरेको छ। इजरायली सेनाले विद्यालय र आश्रयस्थलहरूमा आक्रमण गरिरहेको भए पनि आफूहरूले हमास लडाकूलाई मात्रै लक्षित गर्ने दाबी गरिरहेको छ। तर, नागरिक सुरक्षा निकायका अनुसार ज्यान गुमाउनेहरूको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ।

त्यसैबीच, इजरायलले हिजबुल्लाहको आक्रमणबाट आफ्नो उत्तरी सीमा सुरक्षित गर्न लेबनानतर्फ पनि ध्यान केन्द्रित गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved