काठमाडौं । देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।
यसका अतिरिक्त कोशी प्रदेशमा बंगालको खाडीमा विकसित दाना चक्रवातको आंशिक प्रभाव समेत रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
कोशी र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ।
देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
शुक्रबार दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।
बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशलगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Facebook Comment
Comment