अमेरिकाको ‘ए’ टोलीसँग नेपाल पराजित

नेपालभ्युज

अमेरिकाको ‘ए’ टोलीसँग नेपाल पराजित
तस्वीर : क्यान

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–टु अगाडि  एकदिवसीय अभ्यास खेलमा अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित भएको छ ।

यसअघि अमेरिकासँगको तीन खेलको टी–२० शृङ्खला नेपालले क्लिन स्वीप गरेको थियो ।

गतरातिको खेलमा नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ए ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटाएको थियो ।

अमेरिका ए का नितेश रेड्डीले २९ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल २५ ओभर ३ बलमा ८० रनमा अलआउट भयो । नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए ।

यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन् । अमेरिका ए का आरिन नदकर्नीले ४ विकेट लिए ।

अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–टु सिरिज २७ तारिखमा सुरु हुँदैछ । सिरिजमा नेपालले अमेरिका र स्कटल्याण्डसँग २-२ खेल खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved