प्रतिकूल मौसमले विमान उड्न सकेन, ११ उडान रद्द

प्रतिकूल मौसमका कारण आज (बिहीबार) हवाई उडान तथा अवतरण प्रभावित भएको छ।

नेपालभ्युज

प्रतिकूल मौसमले विमान उड्न सकेन, ११ उडान रद्द
फाइल तश्वीर

काठमाडौं। प्रतिकूल मौसमका कारण आज (बिहीबार) हवाई उडान तथा अवतरण प्रभावित भएको छ। आजका लागि १ सय २० उडान तालिका तय भएकोमा ११ वटा उडान रद्द भएको हो।

मुलुकभर नै बाक्लो तुवाँलो र तराईमा विशेषगरी हुस्सु लागेकाले उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ।

आन्तरिक टमिनल कार्यालयका प्रमुख चूर्णप्रसाद चुडालले बुद्ध एयरका ८, यतीको १, तारा एयरको १ र एनएसीको १ उडान रद्द भएका बताए।

विशेषगरी जनकपुर, पोखरा, विराटनगर, पोखरा र सिमराका उडान रद्द भएको थियो । अन्तर्राष्ट्रिय उडान भने प्रभावित नभएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved