सार्कका सदस्य राष्ट्रबीच दिगो विकास र गरिबी निवारणका विषयमा छलफल

नेपालभ्युज

सार्कका सदस्य राष्ट्रबीच दिगो विकास र गरिबी निवारणका विषयमा छलफल

काठमाडौं । सार्क सदस्य राष्ट्रहरूबीच दिगो विकास लक्ष्य र गरिबी निवारण कार्ययोजनाका विषयमा छलफल भएको छ । काठमाडौं चलेको दुई दिने परामर्श कार्यशाला आयोजनामा यस विषयमा छलफल भएको हो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका प्रा.डा. शिवराज अधिकारीले सार्क क्षेत्रको जनसंख्या नै विकासको चुनौती बनेको बताए ।

साथै, क्षेत्रीय नेतृत्व सहयोग विशेषज्ञ डोङ्ज्याङ लीले एसियाली विकास बैंक सार्कको दीर्घकालीन विकास साझेदारका रूपमा रहन चाहेको बताए । क्षेत्रीय सहयोग र एकीकरणलाई थप प्रवर्द्धन गर्न साझेदारी जारी राख्न चाहेको उनले बताए ।

कार्यक्रममा सार्क सदस्य राष्ट्रहरुका वरिष्ठ प्रतिनिधिहरु, गरिबी उन्मूलनका लागि जिम्मेवार मन्त्रालय, एजेन्सीका अधिकारीहरू साथै परराष्ट्र मन्त्रालयहरूका अधिकारी सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved