अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान

नेपालभ्युज

अर्थमन्त्री पौडेल अमेरिका प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को वार्षिक बैठकमा सहभागी हुन सोमबार राति अमेरिकाको वासिङ्टन डिसीतर्फ प्रस्थान गरेका छन् ।

वासिङ्टन डिसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ।

पौडेल कात्तिक दोस्रो साता स्वदेश फर्किने कार्यक्रम छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved