न्यौपाने राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षक, बन्द प्रशिक्षणमा बोलाए ३६ खेलाडी
नेपालभ्युज
तस्वीर स्रोत : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नवीन न्यौपानेलाई राष्ट्रिय पुरुष टोलीको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एन्फा कम्प्लेक्समा सोमबार एन्फा महासचिव किरण राईले न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।
तस्वीर स्रोत : एन्फा
त्यस्तै, चेतन घिमिरेलाई सहायक प्रशिक्षकमा र नवीन महर्जनलाई अन्तरिम रूपमा गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी दिइएको छ ।
यस्तै, मुख्य प्रशिक्षक न्यौपानेले राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३६ खेलाडी बोलाएका छन् । टोली नोभेम्बर फिफा विन्डोमा मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तान जानेछ ।
Facebook Comment
Comment