गोकर्णेश्वर नगरपालिकाभित्र पटकामा पूर्ण प्रतिबन्ध

नगरपालिकाले जारी गरेको सूचनामा कानुन उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ

नेपालभ्युज

गोकर्णेश्वर नगरपालिकाभित्र पटकामा पूर्ण प्रतिबन्ध

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले चाडपर्वको समयमा पटका र पटकाजन्य पदार्थको बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

नेपाली हिन्दूहरूको चाड तिहारलाई मध्यनजर गर्दै नगरपालिकाले उक्त निर्णय गरेको हो । नगरपालिकाका प्रमुख दीपक कुमार रिसालद्वारा जारी विज्ञप्तिमा नगर क्षेत्रभित्र पटका र पटकाजन्य कुराको बिक्री-वितरण तथा प्रयोगमा पूर्ण रूपले रोक लगाइएको उल्लेख छ ।

नगरपालिकाले जारी गरेको सूचनामा कानून उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

नगरपालिकाले पटका तथा पटकाजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य र सुरक्षामा खलल पुर्‍याउन सक्ने भन्दै सचेत रहन सबैलाई अनुरोधसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved