समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला तयारी समिति गठन

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला तयारी समिति गठन

काठमाडौं। समाजवादी प्रेस संगठन नेपालले राष्ट्रिय भेला तयारी समिति गठनका साथै संयोजक चयन गरेको छ।

सङ्गठनको आज बसेको बैठकले आगामी ७ फागुनमा काठमाडौँमा गर्न लागेको भेलाका लागि स्वंयसेवक व्यवस्थापन समितिको संयोजकमा प्रकाश खतिवडा, स्वास्थ्य व्यवस्थापन समिति संयोजकमा शन्तराम बिडारी, आवास तथा भोजन व्यवस्थापन समिति संयोजकमा विश्वमणि सुवेदी, आर्थिक व्यवस्थापन समिति संयोजकमा कृष्णराज गौतम, प्रतिनिधि व्यवस्थापन समिति संयोजकमा रामकुमार एलन, मञ्च तथा हल व्यवस्थापन समिति संयोजकमा बुद्धवीर बहिङ राई र अतिथि व्यवस्थापन समिति संयोजकमा भवानी कार्कीलाई चयन गरेको छ।

बैठकले १५ सदस्यीय सचिवालयलाई पूर्णता दिएको छ। संगठनका महासचिव भूपराज खडकाका अनुसार गत ३० कात्तिकमा गठन भएको सचिवालयमा ११ सदस्य छनोट गरिएकामा बाँकी चार सदस्य आज थप गरिएको छ। संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा आज सम्पन्न बैठकले १४ विभाग गठन गरी विभागीय प्रमुखको जिम्मेवारी तोकेको छ।

सङ्गठन विभागमा भूपराज खडका, प्रशिक्षण विभागमा रामकुमार एलन, सरकारी सञ्चार माध्यम समन्वय विभागमा विश्वमणि सुवेदी, विदेश विभागमा रितुराज सुवेदी, प्रचार तथा प्रकाशन विभागमा उर्मीला कुँवर, मोर्चा तथा जन सङ्गठन समन्वय विभागमा नरेन्द्र साउद, समावेशी विभागमा बुद्धवीर बाहिङ राई, महिला विभागमा भवानी कार्की, आर्थिक विभागमा कृष्णराज गौतम, अनलाइन तथा सामाजिक सञ्जाल विभागमा सुभाषप्रसाद साह, छापा माध्यम समन्वय विभागमा प्रकाश खतिवडा, प्रशारण माध्यम समन्वय विभागमा तेजप्रसाद वाग्ले, मोफसल तथा साना लगानी मिडिया समन्वय विभागमा नवराज छत्कुली, पत्रकार महासङ्घ र अन्य पत्रकारका पेशागत सङ्गठन विभागमा गोविन्दप्रसाद चौलागाईंलाई चयन गरिएको छ। बैठकले लेखा आयोगमा माधव पौडेल र अनुशासन आयोगमा नारायण पौडेललाई मनोनित गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved