भारतीय सरकारी अधिकारीमाथि अमेरिकाले लगायो आफ्ना नागरिक हत्या प्रयासको अभियोग

नेपालभ्युज

भारतीय सरकारी अधिकारीमाथि अमेरिकाले लगायो आफ्ना नागरिक हत्या प्रयासको अभियोग
सिख पृथकतावादी नेता गुरपतवन्त सिंह पन्नु र विकास यादव

काठमाडौं । अक्टोबर १७ मा अमेरिकी न्याय मन्त्रालयले भारतीय नागरिक विकास यादव विरुद्ध भाडा र मनी लान्ड्रिङको लागि हत्याको मुद्दा दर्ता गर्ने घोषणा गरेको थियो ।

यो मुद्दा सन् २०२३ मा न्यूयोर्क शहरमा अमेरिकी नागरिक तथा सिख अलगाववादी नेता गुरपतवन्त सिंह पन्नुको हत्याको असफल षडयन्त्रसँग सम्बन्धित छ ।

पन्नुको हत्याको षड्यन्त्रमा विकास यादवको महत्वपूर्ण भूमिका रहेको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अमेरिकी न्याय मन्त्रालयले यादवलाई भारत सरकारको कर्मचारी भएको बताएको छ भने भारतले विकास यादव अब भारत सरकारको कर्मचारी नरहेको बताएको छ ।

यस मामिलामा अर्का भारतीय नागरिक निखिल गुप्ता यसअघि नै अमेरिकाको हिरासतमा छन् ।

अमेरिकाले के भन्यो ?

अमेरिकाले विकास यादव र निखिल गुप्तालाई भाडामा लिएर हत्या प्रयास गरेको आरोप लगाएको छ, जसमा त्यहाँको कानूनअनुसार अधिकतम १० वर्ष जेल सजायको व्यवस्था छ ।

साथै दुवै अभियुक्तलाई भाडामा लिएर ज्यान मार्ने षड्यन्त्र रचेको अभियोग पनि लगाइएको छ, जसमा अधिकतम १० वर्ष कैद सजायको व्यवस्था छ । दुवैलाई मनी लान्ड्रिंग गर्ने षड्यन्त्रको आरोप पनि लगाइएको छ, जसमा अधिकतम २० वर्षको जेल सजाय हुन्छ ।

अमेरिकी महान्यायाधिवक्ता मेरिक बी गारल्याण्डले भने, ”जो कोहीले अमेरिकी नागरिकहरूलाई हानि पुर्‍याउन खोज्छ, तिनीहरूको पद वा शक्तिको नजिक भएपनि न्याय विभागले उसलाई जवाफदेही बनाउन सक्दो प्रयास गर्नेछ । गत वर्ष यस कार्यालयले निखिल गुप्तालाई अमेरिकी भूमिमा भारतीय मूलका अमेरिकी नागरिकको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएको थियो ।”

उनले थपे, ‘तर आरोपअनुसार गुप्ताले एक्लै काम गरेनन् । आज हामी भारतबाट षड्यन्त्र रचेर गुप्तालाई पन्नुको हत्या गर्न आदेश दिने भारतीय सरकारी कर्मचारी विकास यादवविरुद्ध अभियोग घोषणा गर्छौं । जसले हत्यारा नियुक्त गर्न निर्देशन दिए ।”

यो केसले अमेरिकी नागरिकहरूलाई हानि पुर्‍याउने प्रयास गर्ने सबैलाई चेतावनीको रूपमा काम गर्ने उनले बताए ।

अमेरिकाले विकास यादव फरार रहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved