रोनाल्डोको पेनाल्टी गोल, नासरको जित

नेपालभ्युज

रोनाल्डोको पेनाल्टी गोल, नासरको जित
रोनाल्डो ।

काठमाडौं । साउदी प्रो लिगमा अल नासरले अल-शबाबविरुद्ध जित हासिल गरेको छ । कप्तान रोनाल्डोको पेनाल्टी गोलमा नासर विजयी भएको हो ।

अल-शबाब क्लब स्टेडियममा घरेलु टोली अल-शबाबलाई नासरले २-१ ले पराजित गरेको हो । जितसँगै नासरले शीर्ष स्थानको डिफेन्डिङ च्याम्पियन अल हिलालसँगको अङ्क दूरी चारमा झारेको छ ।

सात खेलबाट अल हिलाले २१ अङ्क पुर्‍याएको छ । नासरको भने १७ अङ्क छ । पाँचौँ स्थानमा रहेको शबाबको समान खेलबाट १२ अङ्क छ ।

नासरको जितमा एमेरिक लापोर्टे र रोनाल्डोले गोल गरे । ६९औं मिनेटमा लापोर्टेको गोलमार्फत पाहुना टोली नासरले सुरुआती अग्रता लिएको थियो । तर, ९०औं मिनेटमा नासरका अली अल हसनले आत्मघाती गोद्य गरेपछि शबाब खेलमा फर्कियो ।

यद्यपि, इन्जुरी समयको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै नासरलाई महत्त्वपूर्ण तीन अंक दिलाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved