यी हुन् टेस्टका दुवै इनिङ्समा शतक प्रहार गर्ने भारतीय खेलाडीहरू

नेपालभ्युज

यी हुन् टेस्टका दुवै इनिङ्समा शतक प्रहार गर्ने भारतीय खेलाडीहरू

नयाँ दिल्ली । आफ्नो देशको लागि टेस्ट खेल खेल्नु आफैमा महत्त्वपूर्ण विषय हो । साथै, टेस्टमा शतक वा दोहोरो शतक बनाउन विशेष मानिन्छ।

भारतका लागि टेस्टका दुवै इनिङ्समा शतक प्रहार गर्ने ६ जना भारतीय ब्याट्सम्यानको सूची यसप्रकार छ ।

१.विजय हजारे

पूर्व भारतीय क्रिकेटर विजय हजारे टेस्टको दुवै इनिङ्समा शतक बनाउने पहिलो भारतीय बनेका छन् । सन् १९४८ मा अष्ट्रेलिया विरुद्धको एडिलेड टेस्टमा उनले यो उपलब्धि हासिल गरेका थिए । विजय हजारेले पहिलो इनिङ्समा ११६ रन र दोस्रो इनिङ्समा १४५ रन बनाएका थिए ।

२.सुनिल गावस्कर

पूर्व भारतीय ब्याट्सम्यान सुनिल गावस्करले आफ्नो करियरमा टेस्टका दुवै इनिङ्समा तीन पटक शतक प्रहार गर्ने उपलब्धि हासिल गरेका थिए ।

उनले पहिलो पटक सन् १९७१ मा वेस्ट इन्डिजविरुद्ध गरेका थिए । उनले त्रिनिडाडमा खेलिएको टेस्टको पहिलो इनिङ्समा १२४ रन बनाएका थिए भने दोस्रोमा २२० रन बनाएका थिए। यस बाहेक गावस्करले सन् १९७८ मा वेस्ट इन्डिज र पाकिस्तान विरुद्ध पुनः यो उपलब्धि हासिल गरेका थिए ।

३.राहुल द्रविड

भारतीय पूर्व ब्याट्सम्यान राहुल द्रविडले टेस्टको दुई इनिङ्समा दुई पटक शतक प्रहार गरेका थिए । उनले पहिलो पटक सन् १९९९ मा न्युजिल्यान्ड विरुद्ध (१९० र नटआउट १०३ रन) यो उपलब्धि हासिल गरेका थिए । त्यसपछि सन् २००५ मा, राहुलले पाकिस्तान विरुद्धको पहिलो टेस्टको दुवै इनिङ्समा शतक बनाए।

४.विराट कोहली

भारतीय टोलीका रन मेसिन र पूर्व कप्तान विराट कोहलीले सन् २०१४–१५ को अष्ट्रेलिया भ्रमणमा पहिलो टेस्टका दुवै इनिङ्समा शतक बनाएका थिए। उनले एडिलेड टेस्टको पहिलो इनिङ्समा ११५ रन र दोस्रोमा १४१ रन बनाएका थिए।

५.अजिंक्य रहाणे

यो सूचीमा अनुभवी ब्याट्सम्यान अजिंक्य रहाणेको नाम पनि परेको छ । उनले सन् २०१५ मा दिल्ली टेस्टमा दक्षिण अफ्रिकाविरुद्ध यो कीर्तिमान गरेका थिए । रहाणेले पहिलो इनिङ्समा १२७ रन बनाएका थिए भने दोस्रो इनिङ्समा १ सय अपराजित रन बनाएका थिए ।

६. रोहित शर्मा

भारतका एकदिवसीय र टेस्ट टोलीका कप्तान रोहित शर्माले पनि पहिलो टेस्टका दुवै इनिङ्समा शतक बनाउने कीर्तिमान हासिल गरेका छन् । २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध भिजागमा उनले पहिलो इनिङ्समा १७६ रन र दोस्रोमा १२७ रन बनाएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved