काठमाडौं । साफ महिला फुटबल प्रतियोगितामा सहभागी हुन श्रीलंकन टोली नेपाल आइपुगेको छ ।
मंगलबार काठमाडौं आइपुगेको श्रीलंकनको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाह पदाधिकारीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।
च्याम्पियनसिपमा दक्षिण एसियाका सातै टोली नेपाल, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा साविक विजेता बंगलादेशसहित भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा घरेलु टोली नेपाल, भुटान, श्रीलंका र माल्दिभ्स छन् ।
सातौं संस्करणको साफ महिला च्याम्पियनसिप कात्तिक १ देखि १४ गतेसम्म आयोजना हुनेछ । यसअघि पाकिस्तानी, माल्दिभ्स र बंगलादेशी टोली नेपाल आइपुगिसकेका छन् ।

Facebook Comment
Comment