खानेपानीमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

नेपालभ्युज

खानेपानीमन्त्रीले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका ३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

मन्त्री यादवले आइतबार उक्त क्षेत्र पुगेर प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । मन्त्री यादवले गत असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारण सृजित विपद्को निरीक्षण गरेका हुन् ।

बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ । भेडाहा खोलाको अनियन्त्रित बहावले विशेषगरी इस्लामपुर र आसपासका वस्तीमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्‍याएको छ ।

निरीक्षणका क्रममा मन्त्री यादवले स्थानीयले वर्षौँदेखि खोलाले कटान र बाढीको जोखिम पुर्‍याउँदै आएकाले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माणका लागि आग्रह गरेका थिए ।

मन्त्री यादवले समस्याका दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved