आज दशैंको टिकाको दोस्रो दिन, मान्यजन र आफन्तबाट टीका लगाइँदै

नेपालभ्युज

आज दशैंको टिकाको दोस्रो दिन, मान्यजन र आफन्तबाट टीका लगाइँदै

काठमाडौं । आज दशैंको टीका र जमरा लगाइँदै छ । शनिबार बडादशैंको दिन शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शिवाद लिन जान्छन् ।

यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म रहन्छ ।

कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दशैं सक्ने प्रचलन पनि रहेको छ ।

आजका दिन काठमाडौंको बुढानीलकण्ठ भक्तपुरको चाँगुनारायण आदि भगवान् विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved