गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु, केही अझै भग्नावशेषमा

नेपालभ्युज

गुजरातमा पर्खाल भत्किँदा ६ जनाको मृत्यु, केही अझै भग्नावशेषमा

नयाँ दिल्ली । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु भएको र तीन जना फसेको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

गुजरातको राजधानी गान्धीनगरबाट ४० किलोमिटर उत्तरपश्चिममा रहेको मेहसाना जिल्लाको काडी सहरको जसलपुर गाउँ नजिकै पर्खाल भत्किएको हो ।

अधिकारीका अनुसार निर्माणस्थलमा माटो खसेको कारण पर्खाल भत्किएको हो । मजदुरहरूले उक्त स्थानमा भूमिगत ट्याङ्कीका लागि खाल्डो खनेका थिए । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved