प्रधानमन्त्रीले ग्रहण गरे राष्ट्रपतिको हातबाट टीका

अर्थमन्त्रीले पनि थापे टीका

नेपालभ्युज

प्रधानमन्त्रीले ग्रहण गरे राष्ट्रपतिको हातबाट टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गरेका छन् ।

शनिबार परेको विजयादशमीको अवसरमा शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको हातबाट टीका ग्रहण गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले बुवाको र राष्ट्रपति पौडेलले दाजुको हातबाट टीका ग्रहण गरेका थिए ।

अब यसपछि राष्ट्रपति पौडेलले सर्वसाधारणलाई टीका लगाइदिँदै छन् ।

यसैबीच अर्थमन्त्री विष्णु पौडेलले पनि राष्ट्रपति पौडेलबाट टीका थापेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved