तस्करले बनाएको सरकारबाट सुशासनको अपेक्षा गर्नु बेकार : नेता राई

नेपालभ्युज

तस्करले बनाएको सरकारबाट सुशासनको अपेक्षा गर्नु बेकार : नेता राई

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवम् पूर्वसांसद हेमकुमार राई ‘सुरवीर’ले वर्तमान सरकारबाट सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गर्नु बेकार रहेको टिप्पणी गरेका छन् ।

शनिबार आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा एक स्टाटस राख्दै नेता राईले यस्तो टिप्पणी गरेका हुन् । नेता राईले वर्तमान सरकार ‘भ्रष्ट, दलाल र तस्करले बनाएको…’ भन्ने कुरा पुष्टि हुँदै गएको बताएका छन् ।

सरकार कसले बनाएको भन्ने सन्दर्भमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि संसद्‌मै धेरै कुरा भनिसकेको उल्लेख गर्दै नेता राईले भनेका छन्, “भ्रष्ट, दलाल र तस्करले बनाएको सरकारबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अपेक्षा गर्नु बेकार छ ।”

नेता राईले स्टाटसका साथ प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय शिलान्यास गरिरहेको तस्वीर राखेका छन् ।

एमाले पार्टी कार्यालयका लागि व्यवसायी मीनबहादुर गुरुङले १० रोपनी १४ आना जग्गा उपलब्ध गराएका छन्, जसको अहिले आलोचना भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved