निषेधित क्षेत्र तोड्न खोजेको भन्दै रुवि खानसहित ६ जना पक्राउ (तस्वीरहरू)

निषेधित क्षेत्र तोड्न खोजेको भन्दै रुवि खानसहित ६ जना पक्राउ (तस्वीरहरू)

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको न्यायको लागि भन्दै आन्दोलनरत रुवि खान समूहलाई बुधबार साँझ प्रहरीले माइतीघर क्षेत्रबाट पक्राउ गरेको छ।

आन्दोलनकारीहरुले सिंहदरबारदेखि संसद भवनसम्मको निषेधित क्षेत्र आज साँझ ६ बजेदेखि तोड्ने घोषणा गरेर प्रदर्शन गरेसँगै उनीहरूलाई पक्राउ गरिएको हो।

प्रदर्शनकारीले सरकारलाई दशैंको तीतो शुभकामना दिँदै ६२ दिनदेखि मागेर छाक टार्न बाध्य भएको र औषधि उपचार गर्न नसक्ने अवस्थामा पुर्‍याएको आरोप लगाएका छन्।

खानको नेतृत्वमा भइरहेको प्रदर्शनमा निर्मला कुर्मीको हत्या मुद्दा अदालतमा नपठाएको र सरकारले जनताको करबाट ठूला महलमा ऐश आराम गरेको आरोप उनीहरूको छ।

प्रदर्शन कै क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा बुधबार साँझ प्रहरीले खानसहित ६ जनालाई पक्राउ गरेको हो।

तस्वीरहरू:Rubi Khan Arrested


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved