नियुक्ति लिंदै रामेश्वर खनालले भने- जनअपेक्षा अनुसार प्रतिवेदन तयार पार्छौं

नेपालभ्युज

नियुक्ति लिंदै रामेश्वर खनालले भने- जनअपेक्षा अनुसार प्रतिवेदन तयार पार्छौं

काठमाडौं । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले जनअपेक्षा अनुसार प्रतिवेदन तयार पार्ने प्रतिबद्धता जनाएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र बुझ्दै अध्यक्ष खनालले भने,’सबै पक्षसँग परामर्श गरी सरकार, मन्त्री, सरोकारवाला र जनताले अपेक्षा गरेअनुसारको प्रतिवेदन तयार पार्छौं ।’

उनले आयोगका पदाधिकारीहरुले अर्थतन्त्रको समस्या, चुनौती पहिल्याई ‘पोलिसी डिपार्चर’ गर्ने किसिमको प्रतिवेदन तयार पार्ने प्रतिबद्धता जनाए ।

बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीहरुलाई नियुक्ति पत्र प्रदान गरेका थिए ।

मन्त्री पौडेलले निजी क्षेत्र, विज्ञहरु र सरोकारवालासँग छलफल गरी अर्थतन्त्रमा गुणात्मक सुधार ल्याउने सुझाव आयोगबाट प्राप्त हुने विश्वास व्यक्त गरे । आयोगले दिएको सुझाव सरकारले कार्यान्वयन गर्ने उनको प्रतिबद्धता थियो ।

गत सोमबार सरकारले अर्थतन्त्रमा सुधारका लागि सुझाव दिन खनालको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा कल्पना खनाल रहेको आयोग गठन गरेको थियो । आयोगको कार्यकाल छ महिनाको तोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved