प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङको ६० लाख 

नेपालभ्युज

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङको ६० लाख 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख हस्तान्तरण  गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । साथै, सो अवसरमा कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले व्यक्तिगत रुपमा १० लाख रुपैयाँ हस्तान्तरण गरिन् ।

कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गरेको कर्पोरेसनले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved