सामान्य अंकले बढ्यो सेयर बजार 

नेपालभ्युज

सामान्य अंकले बढ्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ८५ अंकले बढेर २६६८ दशमलव १७ को विन्दुमा पुगेको छ ।

बुधबार २९४ कम्पनीका ४० हजार १ सय ३१ पटकको कारोबारमा ८३ लाख १२ हजार ६८५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७ सय ०६ रुपैयाँ रहेको छ ।

१३० कम्पनीको सेयर मूल्य बढ्दा १०२ वटाको घटेको छ भने ११ वटा स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा घट्दा बाँकीमा हरियाली छाएको छ । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा नेपाल फाइनान्स लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved